Section 16
मृत व्यक्तिको शरीरबाट अङ्ग झिक्न सकिने

(१) यस ऐनमा लेखिएका अन्य व्वस्थाहरुको अधीनमा रही देहायको अवस्थामा मात्र कुनै मृत व्यक्तिको शरीरबाट अङ्गnझिक्न वा त्यसरी झिकिएको अङ्ग अन्य कुनै व्यक्तिको शरीरमा प्रत्यारोपण गर्न सकिनेछ ः-
(क) जुन व्यक्तिको शरीरबाट अङ्ग झिक्ने हो सो व्यक्तिको मस्तिष्क मृत्यु भइसकेकोसम्बन्धित चिकित्सकले घोषणा गरेको,
(ख) मृत्यु पश्चात् दफा १४ को प्रयोजनको लागि आफनो अङ्ग दान गर्न चाहने व्यक्तिले जानीबुझी स्वेच्छाले लिखित मन्जुरी दिएको,
(ग) खण्ड (ख) बमोजिम मञ्जुरी नभएको अवस्थामा मृतकको परिवारको कुनै सदस्यले मृतकको शरीरको अङ्ग दान गर्न लिखित मञ्जुरी दिएको ।तर मृतकले जीवित छँदै आफ्नो शरीरको अङ्ग दान नगर्ने लिखित रुपमा इच्छा व्यक्त गरेको भए परिवारको सदस्यले त्यस्तो मृतकको शरीरको अङ्ग दान गर्न सक्ने छैन ।
(२) उपदफा (१) को खण्ड (ख) र (ग) बमोजिम मन्जुरी दिने सम्बन्धी अन्य कार्यविधि तोकिए बमोजिम हुनेछ ।